Wednesday, May 5, 2010

ईमेल बाट खतरा

यदि नेट सर्फिङगको दौरान तपाईंलाई कसैले यस्तै बेकारको चिज मेल गरेको भेट्टाउनु भयो भने उक्त मेल खोल्नु र जवाब दिनुको सट्टा त्यस्ता मेल वा application हरुलाई तपाईं block गर्न सक्नु हुन्छ । यो कुरामा निकै ध्यान दिन जरुरी छ कि अनजान ईमेलको साथ attachment को रुपमा नै सबै भन्दा धेरै भाईरस आउने खतरा रहन्छ । त्यसैले संदिग्ध मेलको attachment लाई बिना जाँच कहिले पनि डाउनलोड गर्ने नगरनुहोस् । कुनै कुनै ईमेल तपाईंलाई यति रकम चिठ्ठा पर्‍यो, यो यो पुरुस्कार पर्‍यो भन्ने लोभ देखाएर फसाउने खालको पनि आउछन र यसमा तपाईंको नाम ठेगानाका साथ साथै अरु ब्यक्तिगत जानकारी मागिएका हुन्छन । यस्ता ईमेलहरुमा लोभिएर कहिले पनि रिप्लाई दिने नगर्नुहोस् , यसमा मात्र तपाईंहरुलाई ठग्ने बाहेक अरु केही हुँदैन । याद राख्नुहोस् नकिनेको चिठ्ठा कहिले पर्दैन .... ईमेल आक्रमण बाट सुरक्षित हुने सजिलो उपाय आफुले नचिनेको अनजान ईमेलहरुलाई नखोलिकनै डिलिट गर्नु नै हो ।

No comments:

Post a Comment