Wednesday, May 5, 2010

गीतहरुबाट Vocal हटाएर म्युजिक Track मात्र बनाउने Software

आफुले चाहेको गीतको Vocal हटाएर musical Track मात्र बनाउनका साथसाथै अरु पनि धेरै म्युजिकल effect दिन मिल्ने यो software फ्रीमा उपलब्छ छ । full Stereo Sound मा भएको गीतको यो software को मद्घतले Vocal लाई Reduce गरेर म्युजिक ट्र्याक मात्र बज्ने बनाउन सकिन्छ । हुन त एक पटक म्युजिक र भोकल मिक्स भई सकेको ट्र्याकबाट भोकल मात्र १००% हटाउन त सकिदैन तर यस्ता केही software हरुको मद्घतले १००% नभए पनि ८०-९०% सम्म हटाउन भने सकिन्छ । software हरुको बजारमा यस्ता धेरै software उपलब्ध भए पनि फ्रीमा उपलब्ध AudioCity नामक software को मद्घत बाट कसरी Stereo sound मा भएको गीत बाट vocal लाई हटाउने त भन्ने बारे चर्चा गरौ ।

१) सर्वप्रथम यो software आफ्नो कम्प्युटरमा download गरेर install गरौं ।
copy this link:-http://www.box.net/shared/dgugsly3z3
२) अब Ctrl+I अथवा माथिको मेनु बारमा भएको Project मा क्लिक गरेर Import Audio गरौ र भोकल हटाउनु पर्ने गीतको location दिएर open मा क्लिक गरौ ।

३) तल देखिएको म्युजिक ट्र्याकको बाँया तिरको drop down list मा क्लिक गरेर "Split Stereo Track" मा क्लिक गरौ ।

४) त्यहा अब दुईवटा छुट्टा छुट्टै ट्र्याकहरु देखिन्छन त्यसमध्य तलको ट्र्याकलाई सेलेक्ट गरौ त्यसको लागि ट्र्याकको drop down list को तल क्लिक गरौ ।

५) तलको ट्र्याक सेलेक्ट भई सके पछि माथिको मेनु बारमा भएको Effect मा क्लिक गरेर देखिएको list मा Invert लाई छान्नुहोस् (क्लिक गर्नुहोस्) ।

६) अब तल देखिएको दुबै ट्र्याकको drop down list मा क्लिक गरेर mono गरिदिनुहोस् ।

७) play बटन क्लिक गरेर अब गीत सुन्नुहोस् त तपाईंको गीतको भोकल ८०% देखी ९०% हटिसकेको हुनेछ ।
८) अब उक्त ट्र्याकलाई save गर्न file मेनुमा गएर Export As MP3 गर्नुहोस् र location दिएर save गर्नुहोस् ।

(MP3 मा Export गर्दा software ले "Lame..." नामक codec माग्न सक्छ, उक्तcodec download गरिसकेपछि install गर्दा location program files भित्रको Audio City लाई दिनुहोस् । )
उक्त Codec download गर्न यहाँ क्लिक गर्नुहोस्.copy this link:-http://www.box.net/shared/q1mxf0tbz1
यस्तै गीतको Vocal Reduce गरेर सुन्न मिल्ने player हरु पनि पाईन्छन त्यस मध्य केही राम्रा players like-१) KaraFun
copy this link:-http://www.karafun.com/down/karafun_setup.exe

No comments:

Post a Comment