Wednesday, June 16, 2010

Copy whole website on your hard-disk

के तपाईंले कहिले यो सोच्नु भएको छ कि कुनै वेबसाईट पुरै आफ्नो harddisk मा कपि गर्ने र आफुले चाहेको बेलामा ईन्टरनेट कनेक्सन नभए पनि उक्त वेबसाईटलाई खोलेर सम्पूर्ण पेजहरु हेर्ने ... । के तपाईंले सोच्नु भएको जस्तो गर्नु सम्भब छ त ? अबस्य पनि सम्भब छ ।
आज तपाईंहरु समक्ष यही वेबसाईटलाई direct आफ्नो harddisk मा कपि गर्ने बिषयमा चर्चा गर्न लागि रहेको छु ।

httrack यस्तै एउटा software हो जसको मद्घतले हामीले आफुले चाहेको वेबसाईटलाई आफ्नो harddisk मा कपि गरेर राख्न सक्छौ । यो सफ्टवेर offline browser utility को लागि एकदम सजिलो छ र यो सफ्टवेरको मद्घतले हामीले उक्त वेबसाईटको html,images,music मात्र होइन अरु सबै फाइलहरु सर्भर बाट हासिल गर्न सक्छौ ।
वेबसाईट कपि गर्ने procress पनि एकदम सजिलो छ र जब तपाईंले कुनै वेबसाईटलाई कपि गरिसके पछीको result हेर्नु हुन्छ तपाईं एकदम impressive हुनु हुनेछ । आफ्नो harddisk मा कपि गरिसेको वेबसाईट जब तपाईंले without internet connection खोलेर हेर्नु हुनेछ त्यो ईन्टरनेटमा बसेर खोलेको झै देखिने छ , तपाईंले त्यहा भएको सबै लिन्क हरु त्यस्तै पाउनु हुनेछ र उक्त लिन्क हरु भित्र छिर्न पनि सक्नु हुन्छ जसरी हामी अन्लाईनमा बसेर गर्न सक्छौ ।

यो सफ्टवेर download गर्न यहाँ क्लिक गर्नुहोला
यो software download को official website को लागि यहाँ क्लिक गर्नुहोला

प्रयोग गर्ने तरिका :

@ सर्बप्रथम यो software आफ्नो कम्प्युटरमा install गर्नुहोला ।
@ अब यो software खोलेर तल Next बटन थिच्नु होला ।
@ project name भन्ने ठाउमा आफ्नो प्रोजेक्टको नाम अथवा कुन वेबसाईट कपि गर्न लाग्नु भएको हो त्यो वेबसाईटको address हाल्नुहोस ।
@ Base path मा वेबसाईट कहाँ निर save गर्ने हो ? browse गरेर पथ दिनुहोस ।
@ Action मा download web site(s) राखेर Add URL गरेर कपि गर्न चाहनु भएको वेबसाईट को address राख्नुहोला अथवा तल सिधै वेबसाईटको address टाईप गर्दा पनि हुन्छ ।
@ अब next गर्नुहोस् , वेबसाईट कपि हुन थाल्नेछ । कती समय लाग्छ त्यो वेबसाईटको प्रक्रिती हेरेर हुन्छ । निकै धेरै लिन्क भएको ठुलो वेबसाईट हो भने टाईम धेरै लाग्न सक्छ किनकी यसले उक्त वेबसाईटको एक एक लिन्क सबै कपि गर्छ ।
@ सबै complete भईसकेपछि अन्तिममा finish बटन press गर्नुहोस् ।
@ अब कपि गरेको साईट हेर्न तपाईंले कुन location मा कुन folder मा save गर्नु भएको हो त्यो फोल्डर खोल्नु होला र त्यहा Index लेखिएको फाइललाई डबल क्लिक गरेर खोल्नुहोस ।
@ त्यहा तपाईंले कपि गर्नु भएको साईट अथवा तपाईंले अगी सुरुमा project name लेख्नु भएको देखिनेछ त्यसलाई क्लिक गर्नुहोस् । अब तपाईंको कम्प्युटरमा ईन्टरनेट connection नभए पनि उक्त वेबसाईट चल्नेछ ।

विन्डोज XP मा फोल्डर background इमेज राख् ने तरिका :

यहाँ अहिले म कुनै software को प्रयोग बिना विन्डोज XP को फोल्डरमा background इमेज राख्ने बारे चर्चा गर्न लागेको छु । शायद तपाईंहरुले यस बारे सोच्नु भएर पनि गर्न सकी राख्नु भएको छैन भने तल उल्लेखित step अनुसार गर्नु भयो भने सजिलै आफ्नो फोल्डरहरुमा आफुले चाहेको background इमेज राख्न सक्नु हुनेछ । तपाईंले यसो गरेर आफ्नो साथी भाईहरु माझ स्मार्ट बनेर देखाउन सक्नु हुनेछ ।

१) सब भन्दा पहिला डेस्कटपमा कुनै एउटा नयाँ फोल्डर बनाउनुहोस् , त्यसको लागि डेस्कटपमा राईट क्लिक गर्नुहोस् र new मा गएर फोल्डर मा क्लिक गर्नुहोस् ।
२) उक्त फोल्डरलाई double क्लिक गरेर खोल्नुहोस् ।
३) तल उल्लेखित code लाई कपि गर्नुहोस् ।
[{BE098140-A513-11D0-A3A4-00C04FD706EC}]
ICONAREA_IMAGE=
४) तपाईंले अघी खोल्नु भएको फोल्डर भित्र राईट क्लिक गर्नुहोस् र new मा गएर text document मा क्लिक गर्नुहोस् । त्यहा अब new text document नामको txt फाइल बन्नेछ त्यो फाइललाई double क्लिक गरेर खोल्नुहोस् र अगी कपि गरेको code लाई त्यहा paste गर्नुहोस् ।
५) background इमेजको location कपि गर्नुहोस् त्यसको लागि तपाईंले राखन चाहनु भएको इमेज कहाँ निर छ खोल्नुहोस् र माथि address बारको location लाई कपि गर्नुहोस् ।
६) अब अगी code पेस्ट गरेको ठाउमा ICONAREA_IMAGE= पछि background इमेजको location paste गरीदिनुहोस् र last मा "\" tag दिएर image को name टाईप गरेर ".jpg" राखिदिनुहोस् ।
७) यो फाइललाई अब file मा गएर save as गर्नुहोस् र फाइल name desktop.ini र तल all files छानेर save गरी दिनुहोस् ।
८) अब सबै फाइल folder लाई बन्द गरिदिनुहोस् र अगी desktop मा बनाउनु भएको folder मा राईट क्लिक गर्नुहोस् र properties > costomize > change icon गर्नुहोस् र कुनै एउटा icon छानेर apply > ok गर्नुहोस् ।
९) अब तपाईंले बनाउनु भएको फोल्डर खोलेर हेर्नुहोस् , फोल्डरको background इमेज तपाईंले रोजेको बसिसकेको हुनेछ ।

कम्प्युटर स्टार्ट हुने बित्तिकै कुनै प्रोग्रामलाई run गराउने

यदि तपाईंलाई कुनै प्रोग्राम Run गराउनु छ , म्युजिक , भिडियो , documant वा अरु कुनै आफ्नो कम्प्युटर स्टार्ट हुने बित्तिकै भने के यो सम्भब छ ? अबस्य पनि छ । यस्तो त्यती बेला काममा आउछ जब तपाईंको कम्प्युटर तपाईं नभएको बेलामा अरु कसैले खोल्छ र तपाईंले त्यो मान्छेलाई कुनै मेसेज दिनु जरुरी छ वा आफ्नो मनको कुनै कुरा तपाईं नभएको बेलामा कम्प्युटर खोल्ने मान्छेलाई सुटुक्क भन्नु छ भने ... ।
यसरी कम्प्युटर खुल्ने बित्तिकै कुनै प्रोग्राम रुन गराउनको लागि

@ Start > AllPrograms अनी त्यहा Startup मा Right click गर्नुहोस् र Open गर्नुहोस् ।
@ Startup Document खुल्नेछ , अब आफुले कम्प्युटर स्टार्ट हुने बित्तिकै खोल्न चाहनु भएको फाइललाई कपि गरेर त्यहा पेस्ट गरिदिनुहोस् ।
@ म्युजिक , भिडियो फाइल वा word मा लेखिएको कुनै document ... बस काम सकियो ।
@ अब कम्प्युटरलाई restart गर्नुहोस् , तपाईंले राख्नुभएको फाइल कम्प्युटर खुल्ने बित्तिकै स्क्रीनमा देखापर्नेछ ।
@ यो Run भएको तपाईंले msconfig को startup Tab मा पनि हेर्न सक्नुहुनेछ ।

Create a hidden account or hide an existing in Win XP

Windows XP मा आफ्नो login अकाउन्ट hide गर्ने वा invisible अकाउन्ट बनाउने तरिका :

यदि तपाईंहरु windows log-on screen बाट आफ्नो अकाउन्ट लुकाउन चाहनु हुन्छ वा नयाँ invisible अकाउन्ट बनाउन चाहनु हुन्छ भने तल उल्लेखित सजिलो step अनुसार गर्नुहोस् ।

१) control pannel मा गएर user account मा गएर आफ्नो एउटा नयाँ account बनाउनुहोस् ।
२) start > Run र त्यहा regedit टाईप गर्नुहोस् र ओके ।
३) अब साबधानी पूर्वक यो location सम्म जानुहोस्
HKEY_LOCAL_MACHINE\SOFTWARE\Microsoft\WindowsNT\CurrentVersion\WinLogon\
SpecialAccounts\UserList
४) अब दाँया तिर राईट क्लिक गर्नुहोस् र नयाँ DWORD बनाउनुहोस् र नाम अघि तपाईंले बनाउनु भएको राख्नुहोस् वा पहिले नै भएको अकाउन्ट लुकाउन चाहनु भएको हो भने उक्त अकाउन्टको नाम टाईप गर्नुहोस् ।
५) DWORD Value "0" हाल्नुहोस्
६) Value "0" हाल्नु भयो भने अकाउन्ट Hide हुन्छ र "1" हाल्नु भयो भने अकाउन्ट show हुन्छ ।
७) अब सबै बन्द गरिदिनुहोस् र log off गर्नुहोस् , हेर्नुहोस् तपाईंको अकाउन्ट log-on स्क्रीनमा देखिदैन ।
८) आफ्नो Hidden अकाउन्टमा log-on गर्न CTRL+ALT press गरेर Delete कि २ चोटि थिच्नुहोस् र त्यहा आफ्नो अकाउन्टको नाम टाईप गर्नुहोस् र password राखेर ओके गर्नुहोस् ।

सावधान :
* आफ्नो कम्प्युटरको regedit चलाउदा एकदम ध्यानपुर्बक गर्नुहोस्, किन कि सानो गल्तीले पनि तपाईंको कम्प्युटरको सिस्टममा खराबी आउन सक्छ ।

Tuesday, June 15, 2010

आफ्नो कम्प्युटरको activity थाहा पाउनुहोस्


आफु नभएको बेलामा परिवारको अन्य कोही सदस्यहरुले,साथी भाईहरुले तपाईंको कम्प्युटरमा के के कृयाकलाप गर्छन् भन्ने बारे जान्नु पर्ने छ अथवा भनौ तपाईंलाई आफु अनुपस्थित भएको बेलाको गतिबिधी बारे जासुसी गर्नु छ तर यस बारे कम्प्युटर प्रयोग गर्ने मान्छेले थाहा नपाउने गरी ....

हो मैले अहिले यस्तै एउटा software को बारेमा चर्चा गर्न लागिरहेको छु जुन एकदम useful छ । "Hidden Recorder" एउटा यस्तै invisible र प्रयोग गर्न सजिलो PC activity monitoring tool भएको software हो जसले webcam को snapshot capture गर्नुको साथसाथै active application window को screenshots पनि capture गर्छ । अथवा भनौ तपाईंको कम्प्युटरको desktop Activity हरु सबै यसले capture गर्छ र यो सबै इमेजहरुलाई HardDrive को specified directory मा save गर्छ । जसलाई पछि image viwer ( Ctrl+F1 buttons ) प्रेस गरेर हेर्न सकिन्छ । यसमा कम्प्युटरको Desktop Activity हरु ५/५ सेकेण्ड देखी लिएर १ घण्टा सम्मको setting मिलाउन सकिन्छ । यो software एकदम सानो र धेरै नै स्मार्ट छ । रमाइलो कुरा त यो छ कि तपाईंले यो software कम्प्युटरमा चलाई राख्नु भएको छ भन्ने तपाईं बाहेक अरुलाई थाहा हुँदैन किनभने यो software कम्प्युटर स्टार्ट हुने बित्तिकै आँफै Run हुन थाल्छ तर completely hidden हुन्छ र यो software Run हुँदा कम्प्युटरको system performance मा केही फरक आउँदैन । यसलाई password ले protected पनि गर्न सकिन्छ यदि कसैले hot key हरु press गर्दा यो software खुल्न गयो भने पनि password ले protected छ भने खोल्न सक्दैन अथवा यो software Run भईरहेको लाई disable गर्न सक्दैन ।
अब गर्ने हैन त आफ्नो कम्प्युटरको जासुसी ?

सिरियल कि : को लागी यहाँ क्लिक गर्नु होला
पासवर्ड : smartworld
यो software चलाऊने तरिका :

१) सर्बप्रथम यो software डाउनलोड गरेर आफ्नो कम्प्युटरमा Install गर्नुहोस् ।
२) कम्प्युटर restart गर्नुहोस् । अब तपाईंको कम्प्युटरमा यो software automatic Run भयो तर तपाईंले यो थाहा पाउनु हुन्न किनकी यो completly Hidden हुन्छ ।

३) Ctrl+F1 थिच्नुहोस् । तपाईंको स्क्रीनमा यो software यसरी देखिनेछ ।
(capture भएको इमेजलाई पछि हेरेर jpeg format मा save गर्न सकिन्छ)

४) settings मिलाउन properties मा गएर settings मा क्लिक गर्नुहोस् ।
५) settings मा webcam को मात्र capture गर्ने कि PC's Screen को मात्र कि दुइटै गर्ने, कति कति sec. को फरकमा capture गर्ने, capture भएको इमेज कम्प्युटरको कहाँ save गर्ने, Audio पनि rec. गर्ने कि आदी आदी मिलाउनुहोस् ।
६) password ले protected गर्न properties मा गएर password मा क्लिक गर्नुहोस् ।
७) आफुलाई चाहिएको इमेजहरुलाई jpeg फरम्याटमा save गरिसके पछि बेला बेला फोल्डरलाई clean गरिराख्नुहोस् ।

How To Copy Text from Restricted Website

restricted वेब साईट बाट टेक्स्ट कपि गर्ने सजिलो तरिका :

के तपाईंले कहिले कुनै यस्तो वेब साईट भेट्टाउनु भएको छ जुन वेब साईटमा तपाईंले कुनै टेक्स्ट कपि गर्न खोज्नु भयो भने त्यो अनुमती दिईदैन अथवा भनौ कुनै टेक्स्ट सेलेक्ट गर्न खोज्नु भयो भने सेलेक्ट नै हुँदैन । यस्तो वेब साईटमा टेक्स्ट कपि लाई disible गर्न त्यस्तै किसिमको javascript को प्रयोग गरिएको हुन्छ । यस्तो गर्नुको कारण आफ्नो साईटको कुनै पनि आर्टिकल गलत तरिकाले चोरी नहोस् भन्नको लागि हो । तर यस्तो गरेर आफ्नो वेब साईट पूर्ण रुपमा सुरक्षित भयो भनेर ढुक्क भएर बस्ने बेला भने अहिले छैन किनकी यसरी Javascript को प्रयोग गरेर टेक्स्ट सेलेक्ट र कपि गर्न नदिने भनेको त कम्प्युटर सम्बन्धी केही जानकारी नभएको हरुको लागि मात्र हो , जानेको मान्छेले त जसरी पनि कपि गरी नै हाल्छन ।
यहाँ यस्तै एउटा सजिलो trick दिन खोजिएको छ जसमा यस्तै एउटा javascript को प्रयोग गरेर टेक्स्ट सेलेक्ट नभएको लाई सेलेक्ट गर्न र कपि गर्न पनि सकिनेछ । यसको लागि तल दिईएको step अनुसार गर्नुहोस् ।
१) सबभन्दा पहिला त्यो वेब साईट खोल्नुहोस् जुन साईटमा यस्तै गरी टेक्स्ट सेलेक्टलाई disible गरिएको छ ।
२) अब तल दिईएको code लाई कपि गर्नुहोस् र उक्त वेब साईट को address बारमा पेस्ट गर्नुहोस् र Enter कि थिच्नुहोस् ।



Code:
javascript:void(document.onselectstart=null)



३) अब तपाईंले कपि गर्न चाहनु भएको टेक्स्टहरुलाई highlight गर्नुहोस् र Ctrl+C को प्रयोग गरेर कपि गर्नुहोस् र आफ्नो notepad अथवा wordpad मा लगेर पेस्ट गर्नुहोस् ।

Hack गर्न गार्हो Strong Password सजिलै बनाउने तरिका :

आजभोली अन्लाईनमा बस्दा Password को काम धेरै नै आउछ र सुरक्षाको कुरा गर्दा आफ्नो password लाई कसरी बलियो र सुरक्षित बनाउने भन्ने कुरा पनि तड्कारो रुपमा आउछ । मानिसहरुमा सधैं यो चिन्ता रही रहन्छ कि राम्रो तथा सुरक्षित password कसरी छान्ने जुन अरुले guess गर्न नसकोस र अझ भनौ password crackers हरुले crack गर्न नसकोस । सजिलो अथवा असुरक्षित password छ भने जहिले चोरी हुने डर रही रहन्छ, password cracker हरुसँग यस्ता धेरै टूल्सहरु हुन्छन र सजिलो password भएमा उनिहरुले सजिलै सँग तपाईंको password crack गरी दिन्छन त्यसैले password छान्दा हामीले जहिले पनि अरुले guess गर्न नसकिने तथा अली सुरक्षित password छान्न एकदमै जरुरी हुन्छ । हुन त cracker हरु जस्तो password हरु पनि crack गर्न सक्षम हुन्छन तर अली गार्हो र सुरक्षित password भयो भने उनिहरुलाई पनि crack गर्न धेरै टाईम भने अबस्य लाग्छ । त्यसैले यहाँ कसरी Hack गर्न गाह्रो password सजिलै बनाउन सकिन्छ भन्ने बारे चर्चा गर्न लागिएको छ । यहाँ दिईएको टिप्सको प्रयोग गरेर तपाईंले सजिलै बलियो तर सम्झिन सजिलो password बनाउन सक्नु हुन्छ किन भने कोही कोहीले आफ्नो password बलियो बनाउने धुनमा यस्ता यस्ता शब्दहरु प्रयोग गरी रहेका हुन्छन कि उक्त password सम्झिन नै गार्हो हुन्छ र आँफै बिर्सिन पनि सकिन्छ ।

यहाँ म strong password मात्र Alphabets को प्रयोग गरेर बनाउने तरिका बारे लेख्दै छु जुन सम्झिन सजिलो छ , यहाँ हामी alphabets हरुलाई थोरै मात्रामा Modify गर्छौ जस्तो कि
सबै "l" लाई "L"
सबै "a" लाई "@"
सबै "s" लाई "$"
सबै "i" लाई "!"
सबै "o" लाई "0"
आदि बनाउछौ

जस्तै यस्तो क्यारेक्टरको प्रयोग गरेर बनाईएको शब्द हेर्नुहोस् त :

silki = $!Lk!
webtoolsandtips = webt00L$@t!p$
windowsxp = w!nd0w$xp
missyou = m!$$u
loveyou = L0\/eu

यस्तो शब्दहरुलाई शायदै सजिलै Hack गर्न सकिन्छ, त्यसैले तपाईं पनि आफ्नो password लाई Hack Proof बनाउने तिर लाग्नुहोस् । कि कसो त ?