Tuesday, May 4, 2010

कम्प्युटर सम्बन्धी केही साधारण Tips & Triks हरु

तपाईंहरुकै अनुरोधमा फेरी कम्प्युटर सम्बन्धी केही साधारण तर उपयोगी Tips & Triks हरु लेख्न गईरहेको छु । अबस्य पनि यो तपाईंहरुलाई रोचक तथा काम लाग्ने हुन सक्छन , यसलाई प्रयोग गरेर के कस्तो प्रतिकृया पाउनु भयो मलाई अबस्य पनि लेख् न नभुल्नु होला ।

१ माउसको काम कि बोर्डले गर्नुहोस्
यदि कुनै बेला तपाईंको माउसले काम गरेन भने के गर्नु हुन्छ ? तपाईंहरुलाई थाहा छ माउसको काम कि-बोर्डले पनि गर्न सकिन्छ ? त्यसको लागि Shift+Alt+NumLock कि थिच्नुस् र र ok गर्नुहोस् । अब तपाईंले माउसको काम Number key हरुबाट गर्न सक्नु हुन्छ ।

२ कम्प्युटरको password बिर्सनु भयो भने
यदि तपाईंले आफ्नो कम्प्युटरको password बिर्सिनु भयो भने यो step प्रयोग गरेर आफ्नो कम्प्युटर खोल्न सक्नु हुन्छ
कम्प्युटर on गर्नुस्
password Enter गर्ने ठाउँ देख् नु हुनेछ
अब Ctrl+Alt+Delete कि थिच्नुस्
username लाई Change गरेर administrator राखिदिनुस् र ok गर्नुस्

३ कम्प्युटरलाई छिटो ShuttDown गर्ने तरिका
सबै भन्दा पहिला Ctrl+Alt+Delete थिच्नुस् Task Manager खुल्नेछ
ShuttDown Tab मा क्लिक गर्नुस्
Ctrl कि लाई press गरेरै TurnOff मा क्लिक गर्नुस्

४ आफ्नो कम्प्युटरको सम्पूर्ण जानकारी
यदि तपाईंलाई आफ्नो कम्प्युटर बारे सम्पूर्ण जानकारी थाहा छैन र त्यो जान्न चाहनु हुन्छ भने,
Start > Run मा क्लिक गर्नुस् र त्यहा Command टाईप गर्नुस्
Command पेज खुल्नेछ अब त्यहा systeminfo टाईप गरेर Enter गर्नुस्
अब तपाईंले आफ्नो कम्प्युटरको सम्पूर्ण Details हेर्न सक्नुहुनेछ ।

५ आफ्नो कम्प्युटरलाई Fast गराइराख् न चाहनु हुन्छ भने,
यदि तपाईंको कम्प्युटर Slow चल्छ र यसलाई Fast गराउन चाहनु हुन्छ भने यि कुराहरुलाई याद राख् नुस्
आफ्नो कम्प्युटरको C Drive मा धेरै फाइलहरु Save नगर्नुहोस् र सके सम्म C Drive को क्षमता 50% Free नै होस् ।
Desktop मा धेरै फाइलहरु राख् ने नगर्नुस् यसले तपाईंको कम्प्युटरको Ram त्यसमा Use भई राखेको हुन्छ र कम्प्युटर slow चल्छ ।
कम्प्युटरमा काम सकिसकेपछि ShutDown गरेर मात्र off गर्ने गर्नुस ।

६ कम्प्युटरको Virtual Memory बढाउने तरिका
तपाईंको कम्प्युटरको Virtual Memory कम भएर पनि कम्प्युटर slow चलेको हुन सक्छ , तपाईंले Virtual Memory लाई बढाउन सक्नु हुन्छ
My computer Icon लाई Right क्लिक गर्नुस् र properties मा जानुस्
Advance Tab मा क्लिक गर्नुस्
Performance को Settings मा क्लिक गर्नुस्
त्यस भित्रको Advance Tab मा क्लिक गर्नुस्
Virtual Memory को change icon मा क्लिक गर्नुस् र Virtual Memory reset गर्नुस्
कम्प्युटरलाई restart गर्नुस्

७ Network Connection को full Detial को लागि
Start > Run र त्यहा ncpa.cpl टाईप र Enter गर्नुस्
तपाईंको कम्प्युटरमा भएको Network connection हरुको पेज खुल्नेछ ।

८ कम्प्युटरको System properties हेर्नको लागि shirtcut key
Windows कि + Pause/Break कि थिच्नुस्

९ MsWord को फाइललाई password ले लक गर्न चाहनु हुन्छ भने,
यदि तपाईं MsWord मा टाईप गरेको documant लाई अरुले नहेरोस भन्ने चाहनु हुन्छ भने त्यसलाई आफ्नो password राखी लक गर्न सक्नु हुन्छ , त्यसको लागि
MSWord को Tool बारको Tools मा क्लिक र Option मा क्लिक गर्नुस्
अब Security मा क्लिक गर्नुस् र Password to open भन्ने box मा आफुले चाहेको password राख्नुस् > ok > password लाई conform गर्नुस् र ok अब तपाईंले आफ्नो document लाई save गरिदिनुस् ।
Posted by Ramesh 2 COMMENT (आफ्नो कमेन्ट दिन यहाँ क्लिक गर्नु होला)
कम्प्युटर समस्या र समाधान
अब फेरी केही कम्प्युटर सम्बन्धी कुरा गरौ । हाम्रो कम्प्युटरमा प्राय जसो आई पर्ने समस्याहरु बारे केही चर्चा र त्यो समस्याहरु समाधान गर्ने उपाय बारे केही लेखन गई रहेको छु , आशा छ तपाईंहरुलाई यो अबस्य पनि लाभदायक हुनेछ ।

१. Hidden फाइल नदेखिनु

कहिले काँही कुनै Virus वा द्वेषपूर्ण Script हरुको कारण तपाईंले Hidden Mode मा राख्नु भएको फाइल वा फोल्डर तपाईंले पछि " Show Hidden file and folder " ( Tools > Folder Options > View Menu > Hidden files and folders ) गर्दा पनि नदेखिन सक्छ । शायद तपाईंहरुले पनि यो समस्या भोग्नु भएको नै होला ।

यो समस्या समाधान गर्न
१ Start > Run र Regedit टाईप गरेर Enter गर्नुस् ।
२ त्यसपछि यो location सम्म जानुस् HKEY_LOCAL_MACHINE\SOFTWARE\Microsoft\Windows\CurrentVersion\Explorer\Advanced\Folder\Hidden\SHOWALL
३ CheckedValue कि मा Double क्लिक गर्नुस्
४ र त्यहाँ Value Data लाई 1 राखिदिनुस् ।

बस तपाईंको काम सकियो ।

२. Drive लाई डबल क्लिक गर्दा New Window मा खोलिनु

कहिले काहिँ तपाईंले कुनै Drive लाई Double क्लिक गरेर खोल्न खोज्दा उक्त Drive त्यही window मा नखुलेर Automatically अर्कै Window मा खोलिन्छ । हामीलाई थाहा छ यो अबस्य पनि राम्रो लक्षण होइन किन भने उक्त Drive normal mode मा same window मा खोलिनु पर्थ्यो । यदी तपाईंले File मेनु को Tools मा गएर Folder Option लाई change गर्नु भएको भए अर्कै कुरा ..
किन Drive नयाँ window मा खोलिन्छ त ? यहाँ अबस्य पनि Virus अथवा अरु कुनै समस्या आएर नै हो

यसलाई समाधान गर्ने तरिका
पहिलो उपाय :
१ Start > Run > र यहाँ regsvr32 /i shell32.dll टाईप गर्नुस्
२ ok गर्नुस् ।
३ तपाईंले यो message पाउनु हुन्छ
DllRegisterServer and DllInstall in shell32.dll succeeded
४ बस तपाईंको समस्या अब समाधान भयो

दोस्रो उपाय :
१ Start > Run > Regedit टाईप गर्नुस् र ओके गर्नुस् ।
२ अब HKEY_CLASSES_ROOT/Directory/Shell मा जानुस्
३ Default key लाई double क्लिक गर्नुस् र त्यहा none टाईप गर्नुस्
४ अब HKEY_CLASSES_ROOT/Drive/Shell मा जानुस्
५ Default key लाई double क्लिक गर्नुस् र त्यहा none टाईप गर्नुस्
६ ok गर्नुस् ।

तेस्रो उपाय :

यदी तपाईं regedit option चलाऊन चाहनु हुन्न भने यो उपाय गर्न सक्नु हुन्छ ।
१ Start > Run > र यो टाईप गर्नुस् reg add hkcr\drive\shell /ve /d none /f
२ ok गर्नुस् ।

आशा छ यि तीन उपाय तपाईंको लागि समाधान हुन सक्छ ।

३. आफ्नो कम्प्युटरलाई Virus हरुबाट Autorun Disable गरेर जोगाउने तरिका

धेरै Virus हरु कम्प्युटरमा सर्ने कारण तपाईंको कम्प्युटरमा कुनै CD वा pendrive राख्ने बित्तिकै Autorun हुनाले हो र यो Autoplay enable window को difault set भएर पनि हो ।
Autorun लाई Disable गर्ने तरिका :

१ Start > Run > regedit टाईप गर्नुस् र ओके
२ अब HKEY_CURRENT_USER\Software\ Microsoft\Windows\CurrentVersion\Policies\Explorer मा जानुस्
३ NoDriveAutorun मा double क्लिक गर्नुस् र Hexadecimal मा Value "FF" वा Decimal मा Value 255 टाईप गर्नुस् ।
Note: यदी त्यहाँ NoDriveAutorun भन्ने कि छैन भने दाँया तिर right क्लिक गरेर new dword value मा क्लिक गरेर NoDriveAutorun टाईप गरेर Enter गर्नुस्
५ Registry window लाई exit गर्नुस् र कम्प्युटर लाई restart गर्नुस्

यो तरिका बाट तपाईंले Autorun लाई Disable गरेर Virus infected USB pendrive वा CD लाई Autorun हुन बाट रोक्न सक्नु हुन्छ र autorun.inf virus लाई Run हुन बाट जोगाउन सक्नु हुन्छ ।

४. "Show Desktop" Icon लाई कसरी Restore गर्ने ?

कहिले काहीँ गल्तीले तपाईंले "Show Desktop" Icon लाई shift+Delete गर्नु भयो यो सोचेर कि यो मात्र Shortcut हो । तर वास्तवमा त्यो नै orginal icon रहेछ भने के गर्नु हुन्छ ?
ShowDesktop Icon अरु Icon हरु भन्दा फरक हुन्छ र सामान्यतया यो Icon लाई फेरी Restore गर्न सकिदैन । यस्तो अवस्थामा तपाईंले यो तरिका अपनाउन सक्नु हुन्छ ।
१ Notepad लाई खोल्नुस् र तल लेखिएको code लाई कपि गरेर paste गर्नुस् ।
[Shell]
Command=2
IconFile=explorer.exe,3
[Taskbar]
Command=ToggleDesktop

२ अब फाइलको नाम ShowDesktop.scf राखी यो location मा लगेर save गरिदिनुस् ..
C:\Document and Settings\Username\Application Data\Microsoft\Internet Explorer\Quick Launch
३ कम्प्युटरलाई restart गर्नुस् ।

No comments:

Post a Comment