Tuesday, June 15, 2010

Hack गर्न गार्हो Strong Password सजिलै बनाउने तरिका :

आजभोली अन्लाईनमा बस्दा Password को काम धेरै नै आउछ र सुरक्षाको कुरा गर्दा आफ्नो password लाई कसरी बलियो र सुरक्षित बनाउने भन्ने कुरा पनि तड्कारो रुपमा आउछ । मानिसहरुमा सधैं यो चिन्ता रही रहन्छ कि राम्रो तथा सुरक्षित password कसरी छान्ने जुन अरुले guess गर्न नसकोस र अझ भनौ password crackers हरुले crack गर्न नसकोस । सजिलो अथवा असुरक्षित password छ भने जहिले चोरी हुने डर रही रहन्छ, password cracker हरुसँग यस्ता धेरै टूल्सहरु हुन्छन र सजिलो password भएमा उनिहरुले सजिलै सँग तपाईंको password crack गरी दिन्छन त्यसैले password छान्दा हामीले जहिले पनि अरुले guess गर्न नसकिने तथा अली सुरक्षित password छान्न एकदमै जरुरी हुन्छ । हुन त cracker हरु जस्तो password हरु पनि crack गर्न सक्षम हुन्छन तर अली गार्हो र सुरक्षित password भयो भने उनिहरुलाई पनि crack गर्न धेरै टाईम भने अबस्य लाग्छ । त्यसैले यहाँ कसरी Hack गर्न गाह्रो password सजिलै बनाउन सकिन्छ भन्ने बारे चर्चा गर्न लागिएको छ । यहाँ दिईएको टिप्सको प्रयोग गरेर तपाईंले सजिलै बलियो तर सम्झिन सजिलो password बनाउन सक्नु हुन्छ किन भने कोही कोहीले आफ्नो password बलियो बनाउने धुनमा यस्ता यस्ता शब्दहरु प्रयोग गरी रहेका हुन्छन कि उक्त password सम्झिन नै गार्हो हुन्छ र आँफै बिर्सिन पनि सकिन्छ ।

यहाँ म strong password मात्र Alphabets को प्रयोग गरेर बनाउने तरिका बारे लेख्दै छु जुन सम्झिन सजिलो छ , यहाँ हामी alphabets हरुलाई थोरै मात्रामा Modify गर्छौ जस्तो कि
सबै "l" लाई "L"
सबै "a" लाई "@"
सबै "s" लाई "$"
सबै "i" लाई "!"
सबै "o" लाई "0"
आदि बनाउछौ

जस्तै यस्तो क्यारेक्टरको प्रयोग गरेर बनाईएको शब्द हेर्नुहोस् त :

silki = $!Lk!
webtoolsandtips = webt00L$@t!p$
windowsxp = w!nd0w$xp
missyou = m!$$u
loveyou = L0\/eu

यस्तो शब्दहरुलाई शायदै सजिलै Hack गर्न सकिन्छ, त्यसैले तपाईं पनि आफ्नो password लाई Hack Proof बनाउने तिर लाग्नुहोस् । कि कसो त ?

1 comment: