Friday, June 11, 2010

Microsoft Paint बाट ईन्टरनेट access गर्ने तरिका

यदि तपाईंको वेब ब्राउजर मा केही प्रब्लेम आयो,वेब ब्राउजरमा malware को कारणले पेज खुलेन अथवा अरु नै केही कारणले समस्या भयो र तपाईंलाई Urgently कुनै वेब पेज खोल्नु पर्ने भयो तर कम्प्युटरमा भएको वेब ब्राउजरले काम गरेन भने के गर्नु हुन्छ ?
यस्तै समस्याको समाधानको लागि तपाईंले Paint प्रोग्रामको प्रयोग गर्न सक्नु हुन्छ र Urgently त्यस बाट वेब पेज खोल्न सक्नु हुन्छ, त्यसको लागि तपाईंलाई Paint को help ले सहयोग गर्नेछ ।
१) Paint प्रोग्राम खोल्नुहोस् ( start > accessories > Paint अथवा Start > Run र त्यहा mspaint टाईप गरेर )
२) Paint खुलीसकेपछि F1 प्रेस गर्नुहोस् ।
३) Paint को help पेज खुल्नेछ त्यहा माथि बारमा माउसले राईट क्लिक गर्नुहोस् र "Jump to URL" मा क्लिक गर्नुहोस् ।
४) Jump to this URL लेखिएको तल खाली बक्समा तपाईंले खोल्न चाहनु भएको पेजको full url टाईप गर्नुहोस् जस्तै: http://www.google.com
५) तपाईंको पेज side मा खुल्नेछ

*** यो तरिका अरु कुनै पनि windows application हरु बाट पनि गर्न सकिन्छ

No comments:

Post a Comment