Cache लाई clear गर्न :
१) start > Run मा क्लिक गर्नुहोस् ।
२) त्यहा cmd टाईप गरेर command prompt खोल्नुहोस् ।
३) त्यहा यो टाईप गर्नुहोस् ipconfig/flushdns
४) Enter हान्नुहोस् , DNS Cache clear हुनेछ र तपाईंको ईन्टरनेट connection स्पीड restore हुनेछ ।
DNS Cache Clear हुन प्रब्लेम भएमा :
यदि तपाईंले माथि दिईएको तरिका अनुसार DNS Clear गर्ने बेलामा "function failed during execution" भन्ने message आयो भने तपाईंको कम्प्युटरको DNS client service Running नभएको कारण हुन सक्छ , DNS Cache Running नभएको अवस्थामा Corrupted cache स्टोर हुने कुरै आएन र यसैको कारणले हुने ईन्टरनेट connection slow पनि हुँदैन नै तर तपाईंले खोल्नु भएको वेब पेजको domain name इन्फर्मेसन chaching नभएको कारणले ईन्टरनेट access speed नहुन सक्छ , त्यसैले आफ्नो कम्प्युटरको DNS client service Enable गराउनु जरुरी छ । त्यसको लागि :
१) Start > Run मा क्लिक गन्र्लुहोस् ।
२) त्यहा services.msc टाईप गर्नुहोस् ।
३) DNS Client मा Double-click गर्नुहोस् ।
४) Start Up Type मा Automatic set गर्नुहोस् ।५) Start बटनमा क्लिक गर्नुहोस् ।
६) ok गर्नुहोस् र service list बन्द गर्नुहोस् ।तपाईंको system मा DNS Client Service running भयो अब बेला बेलामा माथि भनिए अनुसार DNS Cache Clear गरी नेट responce टाईम को स्पीड बढाउनुहोस् ।
* कम्प्युटर सम्बन्धी सामान्य ज्ञान छैन भने आफ्नो कम्प्युटरको कुनै पनि seetings हरु नचलाऊनु नै बेस हुन्छ ।

No comments:
Post a Comment