Tuesday, June 15, 2010

आफुलाई मन पर्ने वेबसाईटको Shortcut बनाउनुहोस्

यदि तपाईंले कुनै वेबसाईट एकदम interesting भेट्टाउनु भयो भने तपाईंले उक्त वेबसाईटलाई browser मा favourite booking गरेर राख्न सक्नु हुन्छ तर तपाईंलाई थाहा छ ? तपाईंले उक्त वेबसाईटलाई आफ्नो कम्प्युटरमा कुनै प्रोग्राम जस्तै Shortcut बनाएर राख्न सक्नु हुन्छ ?
तपाईंले फेरी त्यही साईट लाई Surf गर्न चाहनु भयो भने तपाईंले बनाउनु भएको shortcut icon लाई double क्लिक गर्नुहोस् , साईट खुल्नेछ ।
Shortcut बनाउन तल दिईएको steps Follow गर्नुहोस् :

१) आफ्नो कम्प्युटरको Notepad खोल्नुहोस्
start > Run > notepad टाईप गरेर ओके गर्नुहोस्
२) तल लेखिएको text कपि गर्नुहोस् र notepad मा पेस्ट गर्नुहोस् ।
[InternetShortcut]
URL=http://www.google.com
यहाँ google को URL दिईएको छ तपाईं अरु साईटको बनाउन चाहनु हुन्छ भने http:// पछि अरु address राख्नसक्नुहुन्छ ।
३) अब notepad को File > Save As मा क्लिक गर्नुहोस्
४) "Save as type" मा "All Files" छान्नुहोस् ।
५) File name मा वेबसाईट को नाम अथवा कुनै नाम.url राख्नुहोस् र save गरिदिनुहोस्
६) तपाईंको Favourite वेबसाईटको shortcut तयार भयो , shortcut लाई double क्लिक गर्नुहोस् तपाईंको साईट खुल्नेछ ।

No comments:

Post a Comment