Friday, June 11, 2010

१० मिनेटको e-mail address


तल दिईएको लिन्कमा क्लिक गर्नुभयो भने तपाईंको एउटा अस्थाई email address बन्नेछ , कुनै पनि email address Automatically वेब पेजमा देखिनेछ । तपाईंले उक्त ईमेल addess कसैलाई दिनु भयो र कसैले उक्त address मा ईमेल पठायो भने पनि त्यहा मेल receive हुनेछ र पढ्न पनि सक्नु हुनेछ । यती सम्म कि तपाईंले त्यही बाट reply समेट गर्न सक्नु हुनेछ । तर हरेक ईमेल address प्रत्यक १० मिनेटमा expire हुनेछ ।

अब तपाईंले सोच्नु हुन्छ होला मात्र १० मिनेटको लागि किन ईमेल address प्रयोग गर्ने ? यो यस्तो बेलामा काममा आउछ जब कुनै साईटमा sign up गर्दा उक्त साईटले तपाईंको email address माग्छ Validation को लागि तर हुन सक्छ तपाईं आफ्नो real email address कसैलाई नदिउ भन्ने चाहनु हुन्छ , तपाईं आफ्नो ईमेल address लाई प्राईभेट नै राख्न चाहनु हुन्छ अथवा तपाईं आफ्नो मेल address Spam list मा नपरोस भन्ने चाहनु हुन्छ । यस्तो बेलामा यो एकदम राम्रो र useful देखिन्छ । कि कसो त साथीहरु ? १० मिनेटको लागि ईमेल address प्रयोग गर्ने होइन त ?
( ईमेल address को लागि यहाँ क्लिक गर्नुहोला )

* यदि तपाईंले यसबाट प्राप्त भएको email address कुनै साईटमा दिनु भयो र उक्त साईट बाट १० मिनेट भित्रमा responce आएन भने तपाईंले फेरी १० मिनेटको लागि यो अस्थाइ ईमेल address लाई renew गर्न सक्नु हुन्छ ।

No comments:

Post a Comment