Friday, June 11, 2010

याहू मेसेन्जरमा Status चेक गर्ने कि ?

के तपाईंको कोही साथी याहू मेसेन्जरको लिस्टमा सधैं offline देखिन्छ ? के यो त्यो साथीको सही Status हो ? तपाईंको साथीको यो offline Status सही नै हो भन्ने छैन किनकी याहू मेसेन्जरमा उपलबध एउटा Feature ले तपाईंले आफ्नो status लाई लुकाउन सक्नु हुन्छ जसलाई Invisible भनिन्छ र तपाईंको त्यो साथीले पनि यही Feature को प्रयोग गरेर आफ्नो status लाई लुकाएर तपाईंलाई झुक्काउदै छ कि ?

http://www.ydetector.com/ एउटा यस्तो साईट हो जसबाट तपाईंले आफ्ना साथीहरुको सही Status पत्ता लगाउन सक्नु हुन्छ । हुन त तपाईंले अरु पनि धेरै साईटहरु पाउनुहुन्छ जसबाट याहू मेसेन्जर को Status पत्ता लगाउन सकिन्छ तर यहाँ यही साईटको बारे जानकारी दिनुको कारण मैले धेरै चोटि यो साईट बाट ट्राइ गरेको र सही नतिजा निस्केकोले हो ।

साईटमा तपाईंले मात्र चेक गर्नु पर्ने साथीको याहू id सर्च बक्समा टाईप गरेर Enter गरेपछि केही सेकेण्डमा नै तपाईंले नतिजा पाउनु हुनेछ कि उक्त साथी अन्लाईन, अफलाइन वा invisible Mode मा छ । छैन त सजिलो ? लौ अब कसैले invisible मा बसेर झुक्काउने कोशीस गर्दैछ चेक गरी हाल्ने हैन त ?

No comments:

Post a Comment