Friday, June 11, 2010

कुनै पनि अनावश्यक वेबसाईट block गर्नुहोस्

आजकल ईन्टरनेटको प्रयोग सामान्य जस्तै भईसकेको छ , पहिला पहिला ईन्टरनेट चलाऊनलाई साइबर धाउनु पर्थ्यो भने आजकाल हरेक घर घरमै यसको प्रयोग बढ्न थालेको छ । यसरी ईन्टरनेटको प्रयोग सजिलै बढ्नु सँगसगै केही समस्याहरु पनि देखिन थालेको छ र यो समस्या खासगरी बच्चाहरुमा लागु हुन्छ । ईन्टरनेटलाई राम्रो काममा प्रयोग गर्‍यो भने त ठीक छ तर यो नराम्रो काममा पनि प्रयोग हुन सक्छ । ईन्टरनेटमा यस्ता धेरै साईटहरु उपलब्ध छन जुन उनिहरुकोलागी उपयोगी नहुनसक्छ ।
मैले चर्चा गर्न लागेको बिषय के हो भने के हामीले यस्ता वेबसाईटहरु आफ्नो कम्प्युटरमा block गर्न सक्दैनौ त ? अबस्य पनि सक्छौ , यसरी आफुलाई नचाहिने अनावश्यक साईटहरु block गर्ने धेरै उपाय अनी software हरु उपलब्ध छन र अहिले मैले यस्तै एउटा software को बारे चर्चा गर्न लागेको छु । यो software को प्रयोग गरेर तपाईंले सजिलै यस्ता अनावश्यक साईटहरु block गर्न सक्नुहुन्छ । यसलाई तपाईंले password ले protection पनि गर्न सक्नुहुन्छ र यसले internet explorer, firefox र opera लगायत अरु पनि वेबब्राउजरहरुमा काम गर्छ । आफुले block गरेका साईटहरुलाई तपाईंले कुनै पनि बेलामा unblock गर्न सकिन्छ ।
.........................................Software डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला

यो software use गर्न एकदम सजिलो छ । यदि चलाऊन केही समस्या परे कमेन्टमा लेख्नुहोला ।

No comments:

Post a Comment