* "यो तरिका कम्प्युटरको system Registry सम्बन्धी भएको हुनाले कम्प्युटर बारे साधारण जानकारीनहुनेहरुले आफ्नो कम्प्युटरको Registry सके सम्म नचलाऊनु नै बेश हुनेछ ।"
१) Start मा क्लिक गर्नुहोस् र Run मा जानुहोस् ।
२) त्यहा regedit टाईप गरेर ओके गर्नुहोस् ।
३) अब तल लेखिएको location सम्म जानुहोस्
HKEY_LOCAL_MACHINE\SYSTEM\CurrentControlSet\Control\
४) त्यहा “StorageDevicePolicies” नामको sub key खोज्नुहोस् । यदि यो नामको sub key त्यहा छैन भने तपाईंले उक्त नामको sub key बनाउनु पर्ने हुन्छ । त्यसको लागि control मा राईट क्लिक गर्नुहोस् र New-> key गर्नुहोस् र त्यहा नाम दिनुहोस् StorageDevicePolicies
५) अब भर्खरै बनाउनु भएको नयाँ key मा राईट क्लिक गर्नुहोस् र New-> DWORD value मा जानुहोस् र त्यहा नाम दिनुहोस् WriteProtect
६) अब यो key लाई Modify गर्नुहोस् र त्यहा value लाई 1 बनाइदिनुहोस् ।
७) ओके गर्नुहोस् र कम्प्युटरलाई restart गर्नुहोस् ।८) अब तपाईंको Pen Drive मा कुनै पनि Data Transferred हुँदैन , Data Transferred गर्न खोज्दा यो messege देखिन्छ ।
९) यदि तपाईंलाई फेरी Write Protect लाई disable गर्नु पर्ने भयो भने त्यही location सम्म गएर value लाई 0 बनाइदिनुहोस् ।Enjoy!!

No comments:
Post a Comment