Wednesday, June 16, 2010

कम्प्युटर स्टार्ट हुने बित्तिकै कुनै प्रोग्रामलाई run गराउने

यदि तपाईंलाई कुनै प्रोग्राम Run गराउनु छ , म्युजिक , भिडियो , documant वा अरु कुनै आफ्नो कम्प्युटर स्टार्ट हुने बित्तिकै भने के यो सम्भब छ ? अबस्य पनि छ । यस्तो त्यती बेला काममा आउछ जब तपाईंको कम्प्युटर तपाईं नभएको बेलामा अरु कसैले खोल्छ र तपाईंले त्यो मान्छेलाई कुनै मेसेज दिनु जरुरी छ वा आफ्नो मनको कुनै कुरा तपाईं नभएको बेलामा कम्प्युटर खोल्ने मान्छेलाई सुटुक्क भन्नु छ भने ... ।
यसरी कम्प्युटर खुल्ने बित्तिकै कुनै प्रोग्राम रुन गराउनको लागि

@ Start > AllPrograms अनी त्यहा Startup मा Right click गर्नुहोस् र Open गर्नुहोस् ।
@ Startup Document खुल्नेछ , अब आफुले कम्प्युटर स्टार्ट हुने बित्तिकै खोल्न चाहनु भएको फाइललाई कपि गरेर त्यहा पेस्ट गरिदिनुहोस् ।
@ म्युजिक , भिडियो फाइल वा word मा लेखिएको कुनै document ... बस काम सकियो ।
@ अब कम्प्युटरलाई restart गर्नुहोस् , तपाईंले राख्नुभएको फाइल कम्प्युटर खुल्ने बित्तिकै स्क्रीनमा देखापर्नेछ ।
@ यो Run भएको तपाईंले msconfig को startup Tab मा पनि हेर्न सक्नुहुनेछ ।

No comments:

Post a Comment