Friday, June 11, 2010

Command Prompt लाई Enable कसरी गर्ने ?


कहिले काही कुनै कारणबस वा बिशेष गरी Virus infection ले गर्दा कम्प्युटरको Folder Option,Show hidden files Option,Task Manager,Registry editor का साथसाथै CMD (Command Prompt) पनि disable हुन सक्छ । यसरी disable भएको CMD (Command Prompt) लाई तल उल्लेखित ३ तरिका मध्य कुनै एक तरिका अपनाएर फर्काउन सकिन्छ ।

तरिका - १ (Run method बाट)

१) start मेनुमा क्लिक गरेर Run मा जानुहोस् ।
२) तल लेखिएको code लाई कपि गर्नुहोस् र त्यहा पेस्ट गरीदिनुहोस् ।
REG add HKCU\Software\Policies\Microsoft\Windows\System /v DisableCMD /t REG_DWORD /d 0 /f

३) Enter गर्नुहोस् ।

तरिका - २ (Registry Editor method)

१) Start मेनुमा क्लिक गरेर Run मा जानुहोस् ।
२) त्यहा regedit टाईप गरेर Enter गर्नुहोस् ।
३) अब यो location सम्म जानुहोस्
HKEY_CURRENT_USER\Software\Policies\Microsoft\Windows\System

४) दाँया तिरको DisableCMD मा डबल क्लिक गरी खोल्नुहोस् र value Data 0 राखिदिनुहोस् ।
५) Registry Editor लाई close गरिदिनुहोस् ।

तरिका - ३ (Group Policy method)

१) Start मेनुमा क्लिक गर्नुहोस् र Run मा जानुहोस् ।
२) त्यहा gpedit.msc टाईप गरेर Enter गर्नुहोस् ।
३) User Configuration > Administrative Templetes > System मा जानुहोस् ।
४) दाँया तिरको open Prevent access to the command prompt मा डबल क्लिक गर्नुहोस् ।
५) Disable मा set गर्नुहोस् ।
६) Group Policy Editor लाई exit गरिदिनुहोस् ।

यसरी कम्प्युटरको Command Prompt Disable भएको समस्या बाट मुक्त हुन सकिन्छ ।

No comments:

Post a Comment