Friday, June 11, 2010

Firefox browser Cache बाट youtube का भिडियो save गर्ने तरिका

ईन्टरनेट सँसारमा चर्चित भिडियो sharing साईट youtube बाट कसरी सजिलै आफ्नो कम्प्युटरमा भिडियो save गर्न सकिन्छ भन्ने तरिका बारे पहिले पनि लेखिसकिएको छ । तर यहाँ अहिले कुनै thirdparty सफ्टवयरको प्रयोग नगरि firefox ब्राउजरको cache बाट पनि कसरी "मात्र youtube का भिडियो हैन यस्तै प्रकारका अरु पनि भिडियो sharing साईटहरु बाट" भिडियोहरु आफ्नो कम्प्युटरमा save गर्न सकिन्छ भन्ने बारे चर्चा गर्न लागिएको छ ।
१) सबै भन्दा पहिले आफुले download (Save) गर्नु पर्ने भिडियो youtube को साईट खोलेर play गर्नुहोस् ।
२) जब तपाईंको भिडियो सबै play भईसकिन्छ त्यसपछि new tab (Ctrl + T) खोल्नुहोस् र त्यहाँ address बारमा about:cache टाईप गरेर enter गर्नुहोस् ।
३) त्यहाँ यस्तो पेज खुल्नेछ ।

४) बिचमा भएको Disk cache device मा hightlight गरिएको Cache Directory लाई कपि गर्नुहोस् ।
५) Start मा गएर Run dialog box खोल्नुहोस् र त्यहा अघि कपि गरेको टेक्स्ट लाई पेस्ट गर्नुहोस् र enter हान्नुहोस् । तपाईंले त्यहा धेरै अनेकौ नाम गरेका फाइलहरुको लिस्ट देख् न सक्नु हुनेछ ।
६) ति फाइलहरुका size मा ध्यान दिनुहोस्, सबैभन्दा ठुलो size को फाइल नै तपाईंले अघि हेर्नु भएको भिडियोको हो । साधारणतया त्यो फाइलको size ४-५ मिनट लामो वा १० MB सम्मको हुन्छ ।

७) जब तपाईंले सबैभन्दा लामो size को फाइललाई भेट्टाउनु हुन्छ त्यो फाइललाई कपि गर्नुहोस् र अरु कुनै फोल्डरमा लगेर पेस्ट गरिदिनुहोस् र फाइललाई rename गर्नुहोस् । याद गर्नुहोस् कि remane गर्दा नामको पछाडि .flv राखीदिनुहोस् ।

तपाईंको भिडियो अब save भयो । तपाईंले उक्त भिडियो अब कुनै FLV फरम्याट support गर्ने player बाट हेर्न सक्नुहुन्छ । यदि तपाईं सँग त्यस्तो player छैन भने तलका link मा क्लिक गरेर download गर्न सक्नु हुन्छ ।
Media Player Classic
FLV Player
यदि तपाईं FLV फरम्याटको फाइललाई AVI फरम्याटमा कन्भर्ट गर्न चाहनु हुन्छ भने यहाँ क्लिक गरेर कन्भर्टर download गर्न सक्नुहुन्छ ।
अथवा All in One Converter पनि सहयोग लिन सक्नुहुन्छ ।

Free All in One Media File Format Converter


Format Factory एउटा यस्तो फ्री मा उपलब्ध Conversion tool हो जसको मद्घतले तपाईंले audio, video का साथसाथै images को समेट अहिले चलेको फरम्याटहरुमा कन्भर्ट गर्न सक्नु हुन्छ । तपाईंले कन्भर्ट गर्न सक्ने नाम चलेका फरम्याटहरु जस्तै : WMV, AVI, MPG, MP3, WMA, AAC, JPG, PNG, GIF, का साथसाथै अरु पनि । यो software चलाऊन पनि एकदम सजिलो छ र सबैभन्दा ठुलो कुरा यो एकदम फ्री मा उपलब्ध छ र तपाईंले यसको उपयोग जे purpose को लागि पनि गर्न सक्नु हुन्छ ।

यो software ले Provides गरेका functions हरु बारे एकपल्ट बुझौ ...

@ सबै भिडियो फाइल फरम्याटहरु बाट MP4/3GP/MPG/AVI/WMV/FLV/SWF.
@ सबै अडियो / भिडियो फाइल फरम्याटहरु बाट MP3/WMA/AMR/OGG/AAC/WAV.
@ सबै इमेज फाइल फरम्याटहरु बाट JPG/BMP/PNG/TIF/ICO/GIF/TGA.
@ डि.भि.डि बाट भिडियो फाइलमा Rip , म्युजिक सि.डि बाट अडियो फाइलमा Rip
@ MP4 फाइल support iPod/iPhone/PSP/BlackBerry फरम्याटहरुमा र अरु पनि धेरै धेरै ....
यो software Download गर्न यहाँ क्लिक गर्नुहोला

यो software प्रयोग गर्ने तरिका :

१) सर्बप्रथम यो software download गरेर install गर्नुहोस् ।
२) बाँया तिर भएका Category हरु मध्य आफुलाई कन्भर्ट गर्नुपर्ने फरम्याट छान्नुहोस् ।
३) अब आफुले कन्भर्ट गर्न चाहेको फाइललाई add file मा क्लिक गरेर छान्नुहोस् र ओके गर्नुहोस् । तपाईंले यतिखेरै आउटपुट setting पनि परिवर्तन गर्न सक्नु हुन्छ र यही बाट तपाईंले output फोल्डर पनि छान्न सक्नु हुन्छ ।
४) सबै मिलाई सकेपछि अन्तिममा Start बटन क्लिक गर्नुहोस् ।
Enjoy !!!

No comments:

Post a Comment