
तपाईंहरु मध्य धेरैलाई थाहा छ जिमेल एउटा फ्री वेब मेल सर्भिस हो जसले अहिले सम्म २ गिगाबाइट फ्री स्पेस दिने गरेको छ तपाईंको ईमेल Inbox र Attachments को लागि । २ गिगाबाईट भनेको धेरै स्पेस हो र यदाकदा तपाइँले पनि सोच्नुभएको होला यत्रो २ गिगाबाइट स्थान के राखेर भर्ने होला ? अझ धेरैलाई त यत्रो स्पेस किन चाहियो र भन्ने पनि लागेको हुन सक्छ । तपाईंले पनि यस्तै सोच्नु भएको हो भने यसो गरे कसो होला कि जिमेल ले फ्री मा दिएको स्पेसलाई अनलाइन Hard Drive को रुपमा use गर्ने र आफुलाई चाहिने फाइलहरु त्यस्मा save गर्ने जुन आफुलाई चाहिएको बेलामा जहाँ जुन सुकै स्थानमा भए पनि ति फाइललाई सजिलै पाउने । यसो गर्न सकियो भने त important फाइलहरु एक ठाउँ बाट अर्को ठाउँमा लान PenDrive, सि.डि वा धेरैनै ठुलो फाइल छ भने ल्यापटप बोक्ने झन्झट बाट मुक्त भईने भयो नि हैन र ?
हामीले सजिलै आफ्नो जिमेल अकाउन्टमा भएको फ्री स्पेसलाई Online Hard Drive को रुपमा use गर्न सक्छौ ।
कसरी ? भन्ने बारे मैले तल चर्चा गर्न लागेको छु ।
यसको लागि तपाईंहरुले एउटा सानो आकारको एउटा software इन्स्टल गर्नुपर्ने हुन्छ र यो software इन्स्टल गरीसकेपछि तपाइँको कम्प्युटरको My Computer आइकनभित्र सी, डी, ई जस्ता हार्ड ड्राइभ जस्तै गरी जी मेल ड्राइभ पनि देखिनेछ ।


software install गरी सकेपछि तपाईंको जिमेल account मा पनि थोरै परिवर्तन गर्नुहोला त्यसको लागि तलको Step अनुसार गर्नुहोला ।
१) सबैभन्दा पहिला तपाईंहरुको जिमेल account हुनु जरुरी छ, यदि छैन भने account बनाउनुहोस् र छ भने लग अन गर्नुहोस् ।
२) अब त्यहा Create a filter लिन्कमा क्लिक गर्नुहोस् जुन Search the Web बटन सँगै छ ।



No comments:
Post a Comment